Monday, May 4News That Matters

उदयपुरमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु

पूर्णपुष्टि,असार १९ । उदयपुरको गाईघाटमा बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ मंलवारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोशी प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

गाईघाटमा स्थित त्रियुगा बसपार्कमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले एक सवारी चालकलाई हेल्मेट लगाईदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् । सप्ताहको उद्घाटन गर्दै प्रमुख बस्नेतले ट्राफिक सप्ताह कार्यक्रम प्रवाभकारी नरहेको बताएको छ । ट्राफिक सप्ताहलाई जनताले रमाईलोको रुपमा मात्र लिएको जनाए । ट्राफिक व्यवस्थापनमा नियम सबैले पालना गरेर सहयोग पुर्याउँनु पर्नेमा नियम उल्लंघन गर्नेहरुले नगरपालिका अथावा प्रहरीका उच्च अधिकारीहरुलाई आफ्ना मान्छे छुटाउँने अनुरोध गर्ने गरेको उनले बताए । नगरमा दुईवटा राजर्माग रहेको र बजारको बढ्दो सवारी चामलाई नियन्त्रण गर्नको लागि त्रियुगा र बरुवा बसपार्क पार्कीङ क्षेत्र उपयुक्त रहेकाले त्यस क्षेत्रमा पार्कीङ क्षेत्र निर्माण गरे सडक दुर्घट्ना न्युनिकरण हुँन सक्ने प्रमुख बस्नेतले बताए ।

यस्तै त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले हामी मानवहरुको व्यवहार बदल्नु पर्ने बताउँदै पछिल्लो समय कुनै व्यक्ति सडक दुर्घटनामा परेका छन् भने त्यस व्यक्तीलाई उद्दार कार्य तथा स्वस्थ्य चौकी वा प्रहरीलाई तत्कार खबर गर्नु पर्नेमा हामी फोटो तथा भिडियो साथै टिकटकमा कैद गर्नमा लाग्छौ । त्यसैले गर्दा यस्तो प्रविधिलाई अन्तय गरी हामीले आफ्नो विचार धारणलाई परिवर्तन गर्नेहो भने सडक सवारी दुर्घटना कम हुँन सक्ने बताईन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले सवारी चाँप बढे संगै दुर्घटनाका घटनाहरु समेत बढ्न थालेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले सचेतना, कारवाहि र ट्राफिक व्यवस्थापनमा काम गरिरहेको बताए ।

गाईघाट स्थित पिपल चोकबाट प्रभातफेरी सहित सुरु गरिएको पहिलो दिनको कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ३ स्थित बसपार्कमा पुगेर एक कार्यक्रम सहित समापन गरिएको छ । कार्यक्रममा प्रहरी, स्थानिय नागरिक, पूर्व प्रहरी, विद्यार्थी, यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।