Saturday, May 16News That Matters

उदयपुरमा देखियो सरकारी कार्यलयमा कोरोना

पूणर्पुष्टि, साउन १६

उदयपुरमा पहिलो पटक एक सरकारी कार्यलयमा कोरोना संक्रमण देखिएको छ । मालपोत कार्यलय उदयपुरमा संक्रमण देखिएको हो । मालपोतको एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । ३४ बर्षिय पुरुष कर्मचारीमा पोजेटिभ देखिएको हो । केहि दिन अघि चार कर्मचारीको कोरोना परिक्षण गरिएकोमा मालपोतका ती कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

उनलाई सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्टेसिङ पछि मात्र थाहा हुने बताईएको छ ।

सरकारी कार्यलयमा कोरोना सरेको पुष्टि भए सँगै सरकारी कार्यालयहरुमा थप सतर्कता अपनाइएको छ । मालपोत कार्यलय सिल गर्ने सन्दर्भमा जिल्ला स्थित कोरोना सम्बन्धिको सुरक्षा समिति (कमाण्ड पोष्ट) को बैठक बस्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

सरकारी कार्यलयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधरण त्रसित बनेका छन् । लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजिवनमा कोरोना प्रतिको लापर्वाहि बढ्दो रहेको अवस्थामा यो घटना भएपछि उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ । जिल्ला स्थित सुरक्षा सम्यन्त्रले उच्च सतर्कतका लागि कदम अगाडी बढाइ सकेको छ । सर्वसाधरणलाई माक्स सेनिटाइजर प्रयोग जस्ता कोरोना उच्च सतर्कता अपनाउन आह्वान सँगै अनुगमन समेत थालेको छ । हिजोबाट अनुगमन थालेको प्रशासन, नगरपालिका, र सरोकारवाला निकायहरुले माक्स नगरेको पाइएमा जरिवाना गर्ने जनाएको छ । कडाईका साथ सतर्कता अपनाउन सर्वसाधरणलाई अपिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिम प्रसाद दाहालले बताउनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।