Thursday, April 23News That Matters

उदयपुरमा दोस्रोदिन कर्फ्यु जारी, बेलका नगरपालिकामा पनि चारकिल्ला तोकियो

पूर्णपुष्टि/उदयपुर, भदौ २६ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले दोस्रो दिन आज कर्फ्यु जारी भएको छ । आज साँझ ७ः०० बजेदेखि भोली विहान ५:०० बजेसम्म कर्फ्यु जारी गरेको हो । हिजो त्रियुगा, कटारी, चौदण्डीगढी नगरपालिकामा मात्र कर्फ्यु क्षेत्र तोकिएकोमा आज बेलका नगरपालिका थपिएको हो ।
जिल्लामा विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा आदिका कारण धनजनको क्षती हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समितिको आजको बैंठकको निर्णय बमोजिम कफ्यु जारी भएको हो ।
जिल्लाको तीन मुख्य स्थानमा कर्फ्यु तोकिएको छ ।
सदरमुकाम गाईघाट क्षेत्रको पूर्वमा त्रियुगा नगरपालिका १३ फुलजोर, पश्चिममा त्रिनपा ७ चुहाडे, उत्तरमा त्रिनपा १० चप्पन बरुवापुल र दक्षिणमा त्रिनपा ६ जलजले तोकिएको छ । यसचार सिमाभित्र कुनै पनि भेला, जुलुस, प्रदर्शन, बैंठक गर्न नपाउने गरी कफ्यु जारी भएको छ । त्यसैगरी कटारी नगरपालिका क्षेत्रको पूर्वमा कटारी नपा ५ डाङडुङखोलापुल, पश्चिममा कटारी नपा ४ ककुरखोलापुल, उत्तरमा कटारी नपा ४ मरुवाखोलापुल र दक्षिणमा कटारी नपा ३ ताराघारी तोकिएको छ भने चौदण्डीगढी नगरपालिको क्षेत्रको पूर्वमा चौनपा ४ बसाहा, पश्चिममा चौनपा ६ सातधारे, उत्तरमा चौनमपा ८ बिरेन्द्रबजार र दक्षिणमा चौनपा ६ मदनभण्डारी हाइवे तोकिएको छ ।
त्यसैगरी आज बेलका नगरपालिकामा पनि कर्फ्यु क्षेत्र तोकिएको छ । पूर्वतर्फ बेलका नपा–९ खारखोला, बेलका नपा–४ लालबजार, बेलका नपा –९ भचुवा पानी ट्यांकी र बेलका नपा–३ गिदेरीखोलासम्म चारकिल्ला क्षेत्र तोकिएको छ ।
तोकिएका सिमाभित्र कर्फ्यु आदेश जारी भएकाले कसैले पनि गतिविधि गर्न नहुनेगरी सचेत गराइएको छ ।
कर्फ्यु आदेश शान्ति सुरक्षाको हिसावले कडा मानिन्छ । सबैसाधारणले यसको अवहेलना गर्न हुदैन । सोही बमोजिम सर्वसाधारणहरु पाँच नबज्दैदेखि घरघरमा जम्मा भइ बसेका छन् ।