Thursday, April 30News That Matters

उदयपुरमा नयाँ एसपी सुवास चन्द्र बोहोराको आगमन

पूर्णपुष्टि, असार १८

उदयपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराको आगमन भएको छ । बोहोराले असार १७ गते बाट जिल्लाको कार्यभार सम्हाल्नु भएको छ ।

प्रहरीको नियमित सरुवा अन्तर्गत तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग,कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय धनुषा दरबन्दीबाट बोहोरा उदयपुर सरुवा हुनु भएको हो ।

पदभार गरे सँगै जिल्लामा रहेको सम्पूर्ण कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्यलाई अगाडी बढाउन निर्देशन समते दिनुभएको छ ।

उदयपुरका प्रहरी प्रमुख भिम प्रसाद दाहालको धरान अपराध माहाशाखामा सरुवा भए सँगै बोहोरा उदयपुरको कार्यभार सम्हाल्नु आईपुग्नु भएको हो ।