Friday, July 3News That Matters

उदयपुरमा नयाँ सिडियो, कानुन बिपरित काममा लचक नहुने प्रतिवद्धता

पूणर्पुष्टि, साउन, 

उदयपुरमा दिपक कुमार पहाडीको छाटो कार्यकाल पश्चात जिल्ला प्रशासन कार्यलय उदयपुरमा तत्काल नयाँ  सिडियोको आगमन भएको छ । जिल्ला प्रमुख अधिकारीको कार्यभार सम्माल्न चक्रपाणि पाण्डे उदयपुर आइग्नु भएको हो ।

प्रमुख अधिकारी पाण्डेले प्रशासनको काम र आफ्नो जिम्मेवारी अधिकारको सहि सदुपयोग गरी उदयपुरलाई प्रशासनमुखी काममा सहज गराउने बताउनुभएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यलय स्थित पत्रकारहरु सँगको भेटघाट तथा परिचयत्मक कार्यक्रममा आफ्नो कार्यलाई जनतामुखी र सेवामुखीमा चुस्त तुरुस्त बनाउने प्रतिवद्धताका साथ काम थालेको उहाँले बताउनुभयो ।

प्रमुख पाण्डेले जिल्लामा प्रशासन सँग सम्बन्धित हरेक काम कार्वाहिलाई सरल र सहज तरिकाले गर्न गराउन समन्वयको आधारमा काम गर्ने बताउनु भएको छ । जिल्लामा हुने थुप्रै कामहरु प्रशासन सँग सम्बन्धित हुने हुदा सम्बन्धित निकायहरु सँग सहज वातावरणका साथ समन्वयको आधारमा काम गर्ने उहाँले बताउनुभयो ।

प्रशासनले गर्ने हरेक काममलाई विवाद रहित र जनतामुखी बनाउन सूचनाको ठुलो भुमिका रहने भन्दै उहाँले सूचनाको क्षेत्रमा बिषेश ध्यान दिने बताउनु भएको छ ।

संञ्चार क्षेत्र सँग आदान प्रदान गर्न मिल्ने सूचनामा कुनै पनि कसुर बाँकी नराखि उपलब्ध गराइ जनताहरुलाई सूचनाको पहुचमा पुराउने उहाँले बताउनुभयो ।

उहाँले सूचना एकतर्फि मात्र नभइ दोहोरो सूचना भएमा कुनै पनि काम गर्न सहज हुने बताउनु भएको छ । थुप्रै काम कार्वाहिको सूचनाहरु आफुलाई थाहा नहुन पनि सक्छ भन्दै आफुले पत्रकारलाई मात्रै नभइ पत्रकारले पनि आफुलाई सूचना प्रदान गराउन अनुरोध गर्नुभयो ।

एक आपसको सूचनाले सकरात्मक काम कार्वाहीमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले जिल्लामा हुने र गरिने सबै कामहरु कानुन बमोजिम मात्र हुने जनाउनु भएको छ । कानुनमा रहेर गर्न सक्ने काममा आफु सरल रहेको पनि उहाँले बताउनुभयो । कानुन विपरित कुनै पनि कामको दवाव परेमा त्यस्तो अवस्थामा आफु कुनै हालतमा लचक नहुने उहाँले बताउनु भएको छ ।