Thursday, June 18News That Matters

उदयपुरमा पनि प्रदेश नम्बर १ पून : नामाङ्कन संयुक्त सघर्ष समिति गठन

पूर्णपुष्टि,वैशाख १२ । उदयपुरमा पनि प्रदेश न। १ पून : नामाकरण संयुक्त सघर्ष समिति गठन भएको छ । मंगलबार गाईघाट स्थित होटल टाउन हालमा १ हजार १ सय ११ जनाको संघर्ष समिति गठन गरेको हो । किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष जिवन हाताचो लगायत अन्य पधाधिकारीहरुको उपस्थितिमा संघर्ष समिति गठन गरिएको हो ।

किराँत राई यायोख्खा उदयपुरकी अध्यक्ष समेत रहेका गंगा राईको संयोजकत्वमा प्रदेश नामाकरणको विषयलाई तिव्र बनाउँनका लागि संघर्ष समिति गठन गराएको हो । समिति गठन अभियान १४ ओटै जिल्लाहरुमा तिव्र गतिमा रहेको यायोख्खा केन्द्रीय अध्यक्ष हाताचोले जनाए ।

किरात प्रदेशलाई आफुहरुले जातित्वको आधारमा नरहि केवल पहिचानको रुपमा किरात प्रदेशको माग गरेको यायोख्खा जिल्ला अध्यक्ष हाताचोको बताए ।
संघर्ष समितिका संयोजक गंगा राईले यस समितिले अब आउँदो आन्दोलनलाई ब्यापक बनाउने जनाईन् । राईले अबको कार्यक्रमहरु कोशी प्रदेश बोर्ड हटाउने, लेटर प्याड र छापहरुमा रोक लगाउने, पहिचान विरोधी नेता तथा सांसदहरुलाई गाउँ पस्न रोक लगाउनुका साथै बिराटनगरमा मुख्यमन्त्री कार्यलयमा धर्ना र प्रदेश नामाकरण बिषयमा वार की पारको आन्दोलनमा सहभागी जनाउन जस्ता रहेको जनाईन् । यसका लागि यो संघर्ष समिति बलियो हुने जनाईन् । संघर्ष समितिमा किरात राई यायोख्खा, आदिवासी जनजाति, जातिय संस्थाहरु मगर संघ, गुरुङ संघ, सेर्पा संघ तामाङ सँगै राजनितिक दलहरु माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको लगायतका प्रतिनिधिहरु रहेका छन् ।