
पूर्णपुष्टि, जेष्ठ ९
संसद विघटन प्रतिगमन भाग २ को विरोध गर्दै नेकपा माओवादी केन्द्र उदयपुरको वाईसेल युवा संगठनले विरोध तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपि ओलीको निर्देशन मान्दै देशलाई खाल्डोमा हाल्न कु गरेको भन्दै यसको चर्को विरोध गरेको हो ।
कोरोना माहामारीको बिच सामाजिक दुरी र सुरक्षाको उपायहरु सहित थोरै संख्यामा ओली र विद्याको मनपरीलाई चर्को विरोधका साथ नाराजुलुस सहित पुत्ला समेत दहन गरेको हो ।
वाईसेल नेपाल उदयपुरका संयोजक ज्ञानेन्द्र मगरले यो पहिलो चरणको कार्यक्रम रहेको बताउनुभयो । कोरोना माहामारीकै बिच पनि स्वास्थ्य तथा सुरक्षाको मापदण्ड सहित संसद विघटनको चर्को विरोधमा उत्रिने संयोजक मगरले बताउनुभयो । बिरोध कर्याक्रममा माओवादी केन्द्रका सक्रिय नेता किरण राईको समेत उपस्थिति रहेको थियो ।

