Monday, May 4News That Matters

उदयपुरमा पहिचान पक्षधार सहित १० दलद्धारा ज्ञापन पत्र

पूर्णपुष्टि,जेष्ठ ३१ । जिल्ला प्रशास कार्यालय उदयपुरलाई पहिचान पक्षधारले निस्पक्ष बार्ताको लागि ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयका प्रमुख जनार्धन गौतमलाई आन्दोलनकारी र पहिचान पक्षधार सहित बिभिन्न राजनैतिक दलहरुको संगठनले संयुक्त ज्ञापन पत्र बुझाएको हो ।

जसमा प्रदेश नं।१ पुनः नामाङकरन संयुक्त संघर्ष समिति उदयपुर, नागरिक उन्मुक्त पार्टी, नेपाली कांग्रेस, तामाङ्ग घेदुङ, मगर संघ, ज.स.पा. नेपाल उदयपुर, माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ती पार्टी, ने.का.पा.यस र जनजनति महासंघ उदयपुरका संयुक्त हस्ताक्षर गरिएको छ ।

“हाल प्रदेश सरकारले आन्दोलनकारीहरुलाई औपचारिक रुपमा वार्ताको आह्वान पनि गरेको छ र यस अवस्थामा आन्दोलनको क्रममा घटेका घट्नाहरुलाई लिएर प्रहरी प्रशासनले धरपकड गरिरहँदा वार्ताको वातावरणलाई उदयपुर जिल्ला प्रशासनले सौहाद्र्ध ढंगले सफल बनाउन र उत्तम भुमिका खेल्ने छ” । नामाकरणको क्रममा प्रदेश व्यापी रुपमा विविध कार्यक्रमहरु पनि भई रहेको र उदयपुरमा पनि त्यस्ता प्रकृतिको घट्नाहरु भएको भन्दै असन्तुस्टि जनाएको विज्ञाप्तीमा उल्ले गरिएको छ ।