Thursday, June 4News That Matters

उदयपुरमा पूर्व एसएसपी काकीं वडा सदस्यमा भिड्दै

पूर्णपुष्टि, बैशाख १५
उदयपुरमा एक जना पूर्व एसएसपी नेकापा एमालेबाट वडा सदस्यको लागि उम्मेदवार वनेका छन् । करिब ३० बर्ष सम्म सरकारी सेवामा रहेर जनतालाई सुरक्षा दिएको उदयपुरका त्रियुगा नगरपालिका ८ का इन्द्रराज कार्की आउँदो स्थानीय चुनवाका लागि वडा सदस्यमा उम्मेदवारी वनेको हो । सशस्त्र प्रहरीका पुर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कार्की सोही वडाका पार्टी उपसचिव समेत हुन् ।

पार्टीको वडा कमिटीमा रहँदा जनतासँगको सामिप्यता र सामाजिक अभियानमा अब्बल देखिएकाले वडासदस्यको उमेदवारी बनाएको उनले बताए । एसएसपी कार्कीले प्रहरी सेवा सकिएलगत्तै राजनीति गर्न काठमाण्डौँको बसाईलाई अन्त्यगरी गाउँ फर्किएको बताए ।

उनले सरकारी सेवा र राजनीति फरक बिषय भएपनि कतै न कतै जोडिने भएकाले, राजनीतिक संस्कार सानै देखि बुझेको बताए । सानै उमेरदेखि नेकपा एमाले प्रति सामाप्यिता रहेपनि सेवाकालिन अवधि सबैसँगको समझदारी र सहकार्यमा विताएकाले निर्वाचनमा सबैको साथसहयोग रहेने विश्वास व्यक्त गरे । उनले सरकारी सेवा र राजनीति फरक बिषय भएपनि कतै न कतै जोडिने भएकाले, राजनीतिक संस्कार सानै देखि बुझेको बताए । सानै उमेरदेखि नेकपा एमाले प्रति सामाप्यिता रहेपनि सेवाकालिन अवधि सबैसँगको समझदारी र सहकार्यमा विताएकाले निर्वाचनमा सबैको साथसहयोग रहेने विश्वास व्यक्त गरे ।