Monday, June 22News That Matters

उदयपुरमा पोखरीमा डुवेर एक जनाको मृत्यु

पूर्णपुष्टि, बैशाख १६

पोखरीमा डुवेर बगाहामा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहा नवदिप टोलमा मामा घर बस्दै आएका १५ बर्षिय बिवेक ढकालको बुधबार स्थानीय एक पोखरीमा डुवेर मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।पौडी खेल्छु भन्दै हिडेका ढकाल साँझ अबेर सम्म नआईसकेपछि खोजतलासमा आफन्त परिवार लागि परेका थिए । छिमेकी र निजको माईजु टिका बि.क ले खोजतलास गर्दै जाने क्रममा पोखरीको छेउमा निजको कपडा र चप्पल फेला परेपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीलाई फोन आए लगत्तै अस्थाई प्रहरी पोष्ट बगाहाको टोली घटना स्थल पठाइएको थियो । प्रहरीको सक्रियतामा खोजतलास गर्ने क्रममा पोखरीमा डुबेर ढकाल मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि उदयपुर प्रहरी नायव उपरिक्षक समेतको टोलीलाई खटि अनुसन्धान तथा कानुनी प्रक्रियाको पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पतला उदयपुर पठाइएको प्रहरी प्रमुख एसपी भिमवहादुर दाहालले जानकारी दिनुभयो ।