Monday, April 20News That Matters

उदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेनको तार काटियो, तिन सय ३० घर प्रभावित

पूर्णपुष्टि, असोज १७
पोलको भाडा नतिर्ने इन्टरनेट तथा केवलहरुको तार काट्ने कार्य अन्तर्गत उदयपुरमा पनि शनिवार २ ओटा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले तार काटे सँगै ३३० घर परिवार प्रत्यक्ष प्रवावित बनेका छन् । हाल उयदपुरमा पोलको भाडा तिर्दै आएको भएपनि पछिल्लो समय नतिर्नेहरुको धमाधम तार काट्न थालिएको हो । शनिवार भायानेट र फस्ट लिंकको तार काटिएको छ ।

त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीवास, फोक्सीनटार सम्म जडान गरिएको भायानेट र त्रियुगा नगरपालिका ७ र ८ को नमूना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोल सम्मको तार काटिएको नेपाल विद्युध प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहाले बताए । हाल दुईओटाको मात्र काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रम रहेकोसाहाले बताए ।साहाका अनुसार ३ ओटा दायरामा आएर सम्झौता गरिसकेको जनाएको छ । सिद्ध विनायक नेटवर्क प्रा.ली, एस एन डिजिटल प्रालि र वयरसरफरले पोलड भाडाको लागि कार्यालयमा आएर सम्झौता गरिसकेको साहाले बताए । सिद्ध विनायक नेटवर्क प्रा.ली पुरानै नेटवर्क हो भने एस एन डिजिटल प्रालि र वयरसरफर भने पहिलो चोटी सम्झौतामा आएको नयाँ इन्टरनेट हो । वल्र्डलिंक कम्नीकेशन लगायत मुर्कुची केवल नेटवर्क प्रा.ली, डोनेक्स केबुल नेटवर्क, जनहितकोष बहुमूखी सहकारी संस्था लि. लगायतको इन्टरनेट सेवा कम्पन्नीहरु पनि सम्झौतामा आउने क्रम रहेको साहाले बताए ।

सिद्ध विनायक नेटवर्क प्रा.ली सहित यी ३ कम्पनीहरुले ०७३ देखि ०७४ सम्म मात्रै पोल भाडा बुझाएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ । यी चारै ओटाले आर्थिक बर्ष ०७३÷०७४ सम्मको मात्रै पोल भाडा बुझाएको प्राधिकरणले बताए । त्यस यता यी कम्पनीहरुले पनि कुनै पनि भाडा नबुझाएको प्राधिकरणले जनाएको छ । उता भाडा नतिर्नेहरु दुईटाको भने तारनै काटिएको प्राधिकरणलले जनाएको छ । पछिल्लो समय प्राधिकरणमा थप नयाँ दुई ओटा इन्टरनेट कार्यालयको दायरामा आएको प्राधिकरणले जनाएको छ । एस एन डिजिटल प्रालि र वयरसरफर यी दुई नयाँ इन्टरनेटलले भाडा तिर्ने सम्झौता गरेको छ । एस एन डिजिटल प्रालि र वयरसरफर यी दुवै नयाँ र भर्खरै सम्झौतामा आएको प्राधिकरणले बताए ।