
पूर्णपुष्टि, पुष १५
जिल्ला निर्वाचन कार्यालय उदयपुरले स्थानीय चुनावको लागि भोट गर्न मतदाता नामवलीको बिभिन्न त्रुटी सच्याउने बारे सम्बन्धित निकायहरु सँग आईतबार छलफल तथा अन्तरक्रिया गरेको छ ।
चुनावमा मतदान गर्न बिभिन्न मतदाता नामवलीहरुमा देखिएको समस्यालाई समधान गर्दै जनताहरुलाई भोट गर्न कसरी सहजीकरण गर्ने भन्ने विषयमा जिल्लामा रहेका पार्टीका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कर्मचारी, संघ संस्था, स्थानीय जनप्रतिनिध तथा संञ्चारकर्मीहरु विच जिल्ला समन्वय समितिको हलमा छलफल भएको हो ।

छलफल कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हिमालय बरालले यस बिषयमा कुनै पनि निकायहरुले आवश्यकता अनुसारको चासो नराखेको गुणासो गरे । बरालले स्थानीय जनप्रतिनिध, पार्टी प्रतिनिधि तथा संञ्चार क्षेत्रहरुले पनि यस बिषयमा कुनै चासो नराखेको जनाए । यसका लागि यी सम्बन्धित निकायहरुले नै अत्यादिक चासोका साथ लागि पर्नु पर्ने बरालले जनाए । सबैले चासोका साथ निर्वाचन कार्यालयलाई सहयोग गर्दा यस्ता त्रुटीहरु सच्चिएर जाने र सबैले आधिकारीक मतदान गर्न पाउने उनले जनाए ।

मतदाता नमवली अद्यावधिक दावी विरोधका लागि फागुन १९ देखी २६ गते सम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । मतदातामा देखिएको बिभिन्न समस्या अनुरुप त्रुटिलाई सच्याउन कार्यालयले बिभिन्न मिति समय तोको छ । अद्यावधिक बिरोधका लागि मतदाता त्रृटी भएमा, झुट्टा विवरण दिई नामवली समावेश गरेमा , मतदाताको नाम एक भन्दा बढी भएमा, नामवलीमा मृत्यु भएमा वा नागरिकता त्याग गरेमा, बसाई सराई गरेमा, मृत्यु भएका वा नागरिकता त्याग गरेमा, उजुरी परेको अवस्थामा मतदातालाई सफाई दिनु पर्ने आदि अवस्थाको बारेमा नामवली अद्यावधिक विरोध गर्न पाईने कार्यालयले जनाएको छ ।
यस बाहेक अन्य अवस्थामा पनि दावी विरोध गर्न पाईने जनाईएको छ । यी सबै त्रुटीहरुलाई सच्याउन मिल्ने र त्यसको लागी कार्यालयले तोकेको समय भित्र सम्बन्धित कार्यालय तथा व्यक्ति समक्ष गएर नामवली बनाई ढुक्कले भोट हाल्न सकिने अन्तरक्रियामा छलफल भएको छ । उक्त कार्य निती ऐन अनुसार गरिने कार्यालयले जनाएको छ । त्यस्का लागि आवश्यक निर्वाचन कार्यालय, प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय र सम्बन्धित जिम्मेवारी व्यक्तिहरु सँग गर्न सकिने जनाएको छ । कार्यालयले बैशाख २९ सम्म १८ बर्ष पुरा भएकाहरुलाई नामावलीमा समावेश गर्न सकिने जनाएको छ ।
