Saturday, June 27News That Matters

उदयपुरमा फेरी थपियो कोरोना संक्रमित, उदयपुरगढी गाउँपालिकामा १ जनामा पुष्टि

पूर्णपुष्टि, जेठ २८ ।

उदयपुरमा कोरोना संक्रमित आज फेरी १ जना थपिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित पुष्टि भएको हो । सो पालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ७९ जनाको पिसिआर प्रविधिबाट स्वाव नमुना परिक्षण हुदा एकजनाको पोजेटिभ देखिएको हो । भारतबाट आइ क्वारेन्टइनमा बसेका २३ वर्षिय पुरुष हुन् । गत २२ गते स्वाव नमुना संकलन गरी परिक्षणको लागि विराटनगर पठाइएको थियो । सोको अन्तिम रिपोर्ट आज आएको हो ।

योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जिल्लाको हकमा उदयपुरगढी गाउँपालिकामा पहिलोपटक संक्रमित देखिएको हो । जिल्लामा तीन नगरपालिकामा यसअघि नै देखिएको थियो । अव चार पालिकामा कोरोना संक्रमण देखिएको हो ।