Sunday, June 28News That Matters

उदयपुरमा फेला परेको संक्रमित युवालाई आज विराटनगर लगियो

 उदयपुर/जेष्ठ, ३

हिजो उदयपुरमा फेला परेको २५ बर्षिय युवालाई आज बिराटनगर एम्वुलेन्समा लगिएको छ । उनलाई विराटनगरको कोशी कोरोना हस्पिटलमा लगिएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञाप्तीमा उदयपुरको पनि १ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो । बुधबार जनस्वास्थ्य कार्यलय उदयपुरमा ६० जनाको स्वाव संकलन गरिएको मध्य बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले गरेको परिक्षणबाट १ जनाको भने पोजेटिभ रिपोर्ट देखिएको थियो ।

जसमा २६ जना संञ्चारकर्मी, सहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु र मुस्लिम सुदायहरु गरी ६० जनाको कोरोना परिक्षण गरिएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

संक्रमित युवा संञ्चारकर्मी हुन् । मन्त्रालयको अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेको जनाएको छ ।