
पूर्णपुष्टि, चैत्र १३
बालिका करणी गर्ने उदयपुरको एक युवालाई उदयपुर जिल्ला अदालतले १८ बर्ष कैद फैसाला सुनाएको छ । कैद सँगै क्षतिपुर्ति बापत ७५ हजार जरिवाना समेत अदालतले भराउन आदेश दिएको छ ।
१२ बर्षिया बालिका करणी गरेको आरोपमा पक्राउ परेका उदयपुरगढी गाउँपालिका ५ का २४ बर्षिय छविलाल श्रेष्ठलाई जिल्ला न्यायाधिश माधबप्रसाद सुबेदीको इजलासले यस्तो फैसाला गरेको हो ।
फैसलामा कसुरदारबाट पीडित राहत कोषमा दुई हजार दुई सय रुपैँया भराउन समेत अदालतले आदेश गरेको श्रेष्तेदार धनबहादुर कार्कीले बताउनुभयो । २०७७ असार २४ गते बालिकालाई करणी गरेको भन्दै पीडित परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीसँगै पक्राउ परेका कसुरदारलाई अदालतले साउन १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
