
पूर्णपुष्टि, जेठ ७ । उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरुङगा नगरपालिका ३ चहका घरभएका ३० बर्षीय श्रवण श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मिति २०८०।०१।१३ गते १४ बर्षीया नाबालिकामाथि जवरजस्ती करणी गरी फरार रहेको श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठलाई त्रियुगा नगरपालिका ६ लालपत्ता स्थितबाट लुकिछिपि हिडिरहेको अबस्थामा उदयपुरबाट खटाईएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको उनले बताए । जवरजस्ती करणी चालु मुद्धामा फरार रहेको श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
