Friday, June 12News That Matters

उदयपुरमा बेपत्ता युवाको सव फेला

पूर्णपुष्टि, जेष्ठ १२
उदयपुरमा ३ दिन बाट बेपत्ता रहेको युवाको लाश फेला परेको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नं १२ बस्ने दिप नारायण सदाको छोरा २८ बर्षिय मनोज सदाको मृत अवस्थामा लाश भेटिएको हो।

उनी ३ दिन देखि घरबाट हराईरहेको र खोजतलास गर्ने क्रममा बिहिबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा मृतक अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीलाई लाश फेला परेको भन्ने सुचना प्राप्त अनुसार तत्काल अनुसन्धान गरी कानुनि प्रकृयाको लागि जिप्रका उदयपुरबाट प्रहरी निरिक्षकको समेत टोली खटिएको छ । टोलीले अनुसन्धान तथा कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको छ।