
पूर्णपुष्टि, कात्तिक ३
उदयपुरमा रहेको एक बैंकका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सदरमुका गाईघाटमा रहेको नेपाल बैंक शाखामा कार्यरत दुई पुरुष र दुई महिला गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
गत शुक्रबार छ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा चार जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
संक्रमित हनेमा ३६, ३६ वर्षिया महिला र २५ र ३२ वर्षिय पुरूष रहेको जनाईएको छ । बंैकका कर्मचारीलाई संक्रमन देखिएपछि सेवा पुर्ण रूपमा बन्द गरिएको छ भने एटीएम सेवा अन्य बैंकबाट पनि लिन सकिने नेपाल बैंक शाखा कार्यालय गाईघाटले जनाएको छ ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय पुगेको छ ।
