Sunday, June 28News That Matters

उदयपुरमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलय भवन उद्घाटन, माओवादी केन्द्रको बोर्ड पनि राखियो

पूर्णपुष्टि, फागुन २६

उदयपुरमा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयको भवन उद्घाटन भएको छ । गाईघाट स्थित त्रियुगा बसपार्कको सहित स्मार्क भवनलाई माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय भवन बनाइएको छ ।

बुधबार एक कार्यक्रमको बिच संविधान सभा सदस्य तथा महिला नेतृ मणि खम्वु, पार्टी इन्चार्ज मोहन खत्री र  पार्टी अध्यक्ष दिवस कटुवालले संयुक्त रुपमा पार्टी कार्यालय भवनको उद्घाटन गर्नुभयो । आजबाट माओवादी केन्द्रले बस पार्क स्थित सहिद प्रष्तिठानलाई पार्टी कार्यालयका रुपमा औपचारीक उद्धाटन गरेर संचालनमा ल्याएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिनोद कटुवाल दिवसले जानकारी दिनुभयो ।कार्यालय उद्घाट सँगै माओवादी केन्द्रको बोर्ड पनि राखिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । देशभर धमाधम विभिन्न जिल्लामा माओवादी केन्द्रको बोर्ड राख्न थालिएको छ ।