
पूर्णपुष्टि, चैत्र २८ । मानसिक स्वास्थय तथा परामर्श केन्द्र नेपालले मानसिक स्वास्थ्य स्वबलम्बन समुह जिल्ला सञ्जाल उदयपुरका लागि मिडिया सम्बन्धी सशक्तिकरण कार्यक्रम आयोजना गरेको छ । जिल्लामा रहेका ७ वटा समुहका १६ जनालाई मिडिया सशक्तिकरणबारे जानकारी दिदै आत्मकथा र सफलताको कथा लेख्न प्ररित गरिएको छ ।
समाजले मानसिक विरामीलाई तल्लोस्तरमा राखेर ब्यवहार गर्ने कुरालाई मिडिया चेतनामार्फत न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम राखिएको हो । मानसिक विरामी उपचारबाट ठिक हुने भएपनि परामर्श र उपचारको अभावले जटिल समस्यामा पर्ने गरेको पाइन्छ । औषधि किन्न नसक्नेलाई राज्यले स्वास्थ्य नितिमा समेट्न र परामर्श सेवालाई ब्यापक बनाउने उनीहरुको आवाज बुलन्त पार्न मिडियाको साथ खोजिएको छ ।
