पूर्णपुष्टि, कार्तिक १८
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उद्धव अधिकारीले उदयपुरमा चुनावी अभियान तिव्र बनाएको छ । अधिकारी उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । उनले १ नं क्षेत्रमा घरदैलो सहितका कार्यक्रम गरी अभियानलाई तिव्र बनाएको हो । अधिकारीका अनुसार हाल मतदाताहरुको घरघर गएर अमुल्य मत माग्ने काम भैरहेको जनाए । रबी लामिछाने नेतृत्वको पार्टी जनताको अधिकार र न्याय सुनिश्चित गर्ने पार्टी रहेको भन्दै घण्टीमा अत्यादिक मत हालेर आफुलाई बिजयी गराउन मतदाताहरुलाई आह्वान गरेका छन् ।

उनले पुरानो पार्टीहरु जनताको लागि भारी हुँदै गएको र यस्ता पार्टीले आश्वासन बाहेक केहि पुरा नगर्ने जनाउँदै नयाँ पार्टीमा भोट लगाउन मतदाताहरुलाई अनुरोध गरे । आफ्नो पार्टीमा भ्रष्टचार रहित उम्मेदवारी रहेको हँृुदा देश र जनताका समृद्धिका लागि यस पार्टीले नेतृत्व गर्न आवश्यक रहेको भन्दै भोटको अपेक्षा गरेको जनाए । उनले आफुले चुनाव जिते सर्व प्रथम भ्रष्टचारको अन्त्य र भ्रष्टचारीलाई तह लगाउने, न्यायको प्रत्याभुति, लैङ्गीक बिभेदको अन्त्य, भुमि सुधारमा बैज्ञानिकता, शिक्षा, स्वास्थ्य, खेलकुदमा शक्ति, कृषिमा क्रान्ती जस्ता महत्वपूर्ण कुरा सँगै जनताको आधारमूत आवश्यकता पुरा गर्ने तर्फ केन्द्रीत हुने जनाए ।


