
पूर्णपुष्टि, १६ कार्तिक ।
उदयपुरमा लागुऔषाध नियन्त्रणमा चुनौती देखिएको छ । प्रहरीले दैनिकी जस्तो लागुऔषाध कारोबारी र प्रयोकर्ताहरुलाई पक्राउ गरिरहँदा पनि यस्को संख्या झनै बढ्दो अवस्थामा पाईएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले काउन्सेलिङ र अभियानकै रुपमा पनि कार्यक्रमहरु संञ्चालन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका बाट शरिरभित्र फ्रिज गरी लागुऔषाध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बेलका न.पा १ आम्बासीबाट चौडण्डीगढी न.पा.४ बस्ने बर्ष ३० को सुमन तामाङ र सोही ठाउँका ३० बर्षिय मुकेश राईलाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी बिट आम्बासिबाट खटिएको प्रहरी टोलीले तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल रलेबल बिनाको ५ एम्पुल गरि जम्मा ८ एम्पुल प्रतिबन्धित लागू औषाध फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागुऔषाध निजहरुको शरिरबाट निकाली बरामद कार्वाहीका लागि सम्मानित उदयपुर जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान भईरहेको ।
