पूर्णपुष्टि, पुष १६ । उदयपुरको लालपत्ताबाट लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहिवार त्रियुगा नगरपालिका वडा नम्बर–६, स्थित लालपत्ताबाट लागु औषत्र सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी बिशेष टोलीले सिरहाबाट उदयपुरतर्फ आउदै गरेको प्र.२–०३–००५ प १३७८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सिरहा लहान नगरपालिका–३, बस्ने २६ वर्षिय बिरेन्द्रसिंह महत्तो र पछाडी सवार बरियारपट्टी गाउँपालिका–४, बस्ने २४ वर्षिय सुरेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथ बाट प्रतिबन्धित लागु औषध डाईजेल्याव ५० एम्पुल, फेनार्गन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल गरी जम्मा १५० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
