Sunday, August 9News That Matters

उदयपुरमा लागुऔषध कारोवारमा संलग्न १ महिलासहित २ पक्राउ

पूर्णपुष्टि, चैत २५

उदयपुरमा लागुऔषध कारोवारमा संलग्न एक महिला सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–१० बोक्से बस्ने १९ वर्षीया आस्था राई र सोही स्थानका ३२ वर्षीय मान बहादुर खड्का पक्राउ परेका हुन् ।

जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत  मंङ्गलबार बोक्से स्थितमा लागु औषधको कारोबार भईरहेको भन्ने बिशष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको  बिशेष प्रहरी टोलिले उनीहरुलाई नियन्त्रमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४२७ मिलि ग्राम बाउन सुगर र ब्राउन सुगर खादा प्रयोग भएका चुरोटका ठुट्टाहरु,डढेका पैसा बरामद गरेको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको छ ।