Saturday, May 2News That Matters

उदयपुरमा लागुऔषध खरिद–बिक्रि गर्ने तिन युवक पक्राउ

पूर्णपुष्टि, असोज २५ । उदयपुरमा लागुऔषध खरिद र बिक्रि गर्ने तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रि.न.पा. ११ गाईघाट बस्ने २५ बर्षीय सारंश राई, त्रि.न.पा. ३ बस्ने २४ बर्षीय अर्जुन चौधरी र १९ बर्षीय पारश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार असोज १९ गते त्रि.न.पा. ६ पर्टेवा स्थितमा लहानबाट गाईघातर्फ आउँदै गरेको प्र१–०५–००१ प ५८२१ न. को स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा सारंश राईलाई लागुऔषध सहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट लुकाई छिपाई ल्याउदै गरेको डाईजेपाम–४,फेनार्गन–४ र बुप्रिनोर्फिन–४ गरी जम्मा १२ एम्पुल लागुऔषध फेला पारेसँगै निजलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा अर्जुन चौधरी र पारश राईले उक्त लागुऔषध बिक्री गरेको भन्ने खुल्न आएको डिएसपी चौधरीले बताए । उनिहरुको समेत संलग्नता देखिएकोले निजहरुलाई समेत नियन्त्रणमा लिएको र राई सवार स्कुटरको विभिन्न पाठपुर्जाबाट समेत लुकाई छिपाई ल्याएको थप फेनार्गन ३ एम्पुल,बुप्रिनोर्फिन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल गरी जम्मा ९ एम्पुल र फुटेको अवस्थामा रहेको फेनार्गन २ एम्पुल,बुप्रिनोर्फिन २ एम्पुल,डाईजेपाम २ एम्पुल गरी जम्मा ६ एम्पुल ,Cough Syrup ७५ ml परेको डिएसपी चौधरीले जनाए । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।