Tuesday, June 9News That Matters

उदयपुरमा लागुऔषध गाँजासहित राई पक्राउ

पूर्णपुष्टि, साउन ३ गते ।
उदयपुरमा प्रतिबन्धीत लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका–४ बाट बेलका नगरपालिका–६ का ३४ वर्षीया बिनेश राई गाँजासहित पक्राउ परेको हो ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।