Wednesday, June 10News That Matters

उदयपुरमा लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ

पूर्णपुष्टि, साउन १ गते ।
उदयपुरको बेलका नगरपालिका–१ बाट लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई, २७ वर्षीय प्रदिप बस्नेत र चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर पक्राउ परेका हुन् ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।