
पूर्णपुष्टि, असार २ ।उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट लागुऔषध सहित एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय रेजिना राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार लागुऔषधको कारोबार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले राईलाई घरबाटै ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको हो । पक्राउ परेकी राई लागूऔषध सेबनकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
