Friday, May 1News That Matters

उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ त्रिबेणी टोल बस्ने ३४ बर्षीय सन्तोष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बिहिबार त्रि.न.पा–६ स्थित लालपत्तामा लाहानबाट गाईघाट तर्फ आउँदै गरेको वीङ्गरमा सवार चौधरीलाई प्रहरी सहायक निरीक्षक सहित खटिएको प्रहरी चेकिङ टोलिले लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले चौधरीको साथबाट लुकाई छिपाई ल्याएको ७ एम्पुल डाईजेपाम,७ एम्पुल फेनार्गन र ७ एम्पुल ब्रुपिनोर्फिन गरी जम्मा २१ एम्पुल बरामद गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट दिन १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।