Wednesday, April 29News That Matters

उदयपुरमा लागुऔषध सहित एक युवक प्रकाउ

पूर्णपुष्टि, बैशाख २० । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० का २१ बर्षीय अनमोल राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शुक्रबार विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले राईको घर खानतलासी गर्दा २ सय ५९ ग्राम गाजा र कोलिबन र ट्रामाडोल ७ सय ३६ ट्याबलेट समेत बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै सेवनकर्ता तथा कारोबारी राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।