Monday, April 20News That Matters

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

पूर्णपुष्टि, साउन २७
उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ बस्ने २७ बर्षीय संगित तामाङ(लामा) र सोहि स्थानका २५ बर्षीय आमोद महतो पक्राउ परेका हुन् ।साउन २५ गते ८.२० बजेको समयमा जलजले ढाट स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको दुवैलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो । उनिहरुको साथबाट डाईजेपाम ५१ एम्पुल ,फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध र ७ थान सिरिन्ज सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । पक्राउ परेका दुवैको जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद लिई थप अनु्सन्धन भईरहेको छ ।