
पूर्णपुष्टि, भदौ ७ । उदयपुरमा लागुऔषध सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ का २६ बर्षीय दिनेश कटुवाल र २७ बर्षीय सन्देश कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स.५ प ८०९९ नम्बरको मोटरसाईकल चालक कटुवाल र पछाडी सवार कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल–३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको र सम्बन्धित प्रहरी कार्यालयले आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
