
पूर्णपुष्टि, असोज १ । उदयपुरमा लागुऔषध सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बर्मी घर भएका २२ बर्षीय बिशाल तामाङ, सोही ठाउँका २७ बर्षीय सोम कृष्ण राई र कटारी–३ बस्ने २० बर्षीय करण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बर्मी घर भई कटारी–४ कान्छी बजारमा कोठा भाडामा बस्दै आएका तामाङले कोठामा लागुऔषध ओसार–पसार तथा बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले कोठा खनतलासी गर्दा Tramadol-७०चक्कि, Spaspain-१३०चक्कि, Poland (गाँजाको चोप र केमिकल मिसावट) १२६ ग्रामग्राम बरामद भएसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई जिल्ला अदालतबाट १२ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
