Monday, June 1News That Matters

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

बैशाख ४ 

उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–१ बाट लागुऔषधसहित चौदण्डिगढी नगरपालिका–४ हात्तिसार निबासी १९ वर्षीय मौसम तामाङ्ग पक्राउ परेको हो ।

सप्तरीको फत्तेपुरबाट आम्बासी तर्फ आउँदै गरेको पैदलयात्री तामाङ्गलाई प्रहरी चौकी भागलपुरबाट खटेका विशेष प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट स्पास्मो प्रोक्सिभोन प्लस १० ट्याब्लेट र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका तामाङ्गलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।