Wednesday, July 1News That Matters

उदयपुरमा लागुऔषधसहित १ जना पक्राउ

पूर्णपुष्टि, बैशाख ११

उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ ।

जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार राती करिब ११ बजे त्रियुगा नगरपालिका वडा नम्बर ८ झोडाबाट लागुऔषधसहित स्थानीय २१ वर्षीय विकास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लागुऔषध कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलिले लुपिजेसिक १ एम्पुल, डाईजेल्याव २ एम्पुल, फेनारगन ६ एम्पुल, नोफिन १ एम्पुल, डाईजेपाम ५ एम्पुलसहित चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेको चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।