
उदयपुर, माघ २३ गते ।
त्रियुगाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–१३ बाट लागुऔषधसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा त्रिनपा–१२ निबासी २० वर्षीय विकाश कटवाल र त्रिनपा–११ निबासी २५ वर्षीय सबास धमलाको साथबाट स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुलबरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
