Monday, June 29News That Matters

उदयपुरमा वडाध्यक्षसहित पाँचजनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितकाे संख्या ७२ पुग्याे

पूर्णपुष्टि, असार १९ ।

उदयपुरमा पहिलोपटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखिएको छ । बेलका नगरपालिकाको एक वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो ।

६३ बर्षिय वडाध्यक्षसहित बेलकाका पाँचजनामा आज कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । याेसंगै जिल्लामा अव काेराेना संक्रमितकाे संख्या ७२ पुगेकाे प्रमुख सुवेदीले बताउनुभयाे ।

पालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार पाँच मध्ये २ जना भारतबाट अाइ कोरेन्टाईनमा बसेका हुन् । क्वारेन्टाइनमा बस्ने वडा नं. ९ का २३ र ३४ वर्षिय पुरूषहरू हुन् । ३ जना समुदायका हुन् । वडाध्यक्ष गाउघरमै बसेका हुन् भने अन्य दुईजना गाउँमै थिए । पाेखराबाट अाएर घर बसेका ३२ वर्षिय पुरूष र वडा नं. ५ का स्थानीय ४० पर्षिय पुरूषमा पाेजेटिभ देखिएकाे हाे । पाँचै जनालाई चौदण्डिगढीको बेल्टार सातधारे आईसोलेशनमा लगिने बताईएको छ ।

समुदायमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिनुले यसलाई समस्या र नियन्त्रणको चुनौतीकोरुपमा हेरिएको छ । वडाध्यक्षमा पोजेटिभ देखिनुले पालिकाका सबै जनप्रतिनिधि कन्ट्राक ट्रेसिङमा पर्ने देखिएको छ । समुदायमा देखिएका दुईजनाको पनि कन्ट्रयाक ट्रेसिङ निकैजनाको हुने देखिएको छ ।

उदयपुरमा पहिलोपटक समुदायमा देखिएको कोरोना पोजेटिभ घटना हो । गाईघाटकी एक महिलामा देखिएकोमा कन्ट्रयाक ट्रेसिङबाट उनलाई गाईघाट बाहिरनै संक्रमण भएको देखिएको छ । त्रियुगा नगरपालिका वडा नं।३ भुल्केमा ३२ जनामा भेटिएकोमा सबै निको भईसकेका छन् । भुल्केको संक्रमण बस्तिमै नियन्त्रण गर्न सफल भएको थियो । चौदण्डिगढी नपा ५ सिवाईमा एक जनामा पोजेटिभ देखिएकोमा निको भईसकेका छन् । उता कटारि नपा, ताप्ली र उदयपुरगढी गाउपादलकामा देखिएका संक्रमितहरु भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरु हुन् । हाल बेल्टार सातधारे आइसोलेशनमा उदयपुरका १८ जना रहेका छन् । आजको पाँचजनासहित अव त्यहा २३ जना रहनेछन् ।