Monday, April 20News That Matters

उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, ९ चैत्र ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले वन मुद्धाको फरार प्रतिवादी दिनेश सदालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजलेका सदालाई इलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको हो । सदालाई शुक्रबार पक्राउ गरी कर्वाही कार्यान्वयनको लागि अदालत पठाईएको प्रहरीले जनाएको छ । २०६९÷१२÷२६ गते उदयपुर अदालतले १ महिना कैद र ११ हजार ५७२ रुपयाँ जरिवाना तोकिएकोमा सदा कार्वाही भुक्तानबाट फरार अवस्थामा रहेको थियो । उनलाई लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।