Monday, June 1News That Matters

उदयपुरमा वन र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, मंसिर १८ । उदयपुरमा वन मुद्धा र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १ हवेली टोल बस्ने काहिलाल चौधरी र त्रि.न.पा १ रुपनि बस्ने उर्मिला घिमिरे रेहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले वन मुद्धामा चौधरीलाई ७ हजार ५ सय रुपैँया जरिबाना र गालि बेईजती मुद्धामा घिमिरेलाई १ सय २५ रुपैँया जरिवाना तोकेको थियो । अदालतबाट फैसला भएपनि फरार रहेका उनिहरुलाई प्रहरी चौकी जोगिदहबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।