
पूर्णपुष्टि, असार ५ । उदयपुरको त्रियुगा नगरपालिका–८ झोडा चोक स्थितमा विङ्गर गाडीले किच्दा एक बृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–७ चुहाडे बस्ने अन्दाजी ७४ बर्षीय कोटिमाया दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार दिउँसो ३ बजेको समयमा कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८–००१ ज ००७१ नं को विङ्गर गाडीले यात्रु ओराल्ने तथा चढाउने कार्य पश्चात अगाडी बडाउने क्रममा दनुवारलाई गाडीको चक्काले किचेको थियो ।
चक्काले किच्दा गम्भिर घाईते भएकी दनुवारलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान स्थित घोपा हस्पिटलमा लैजाने क्रममा बिरामीलाई अचानक गाह्रो भई पुन स् जिल्ला अस्पताल उदयपुर फर्काइएको दनुवारलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न विङ्गर र चालक कटारी न.पा. वडा नं ०६ बस्ने अन्दाजी ३८ बर्षीय घमाडे सार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।
