
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० की गीता कार्की रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले आईतबार गाईघाटबाट सिरहाको लहान जादै गरेको ना १ ज ९२७९ नम्वरको विङ्गर त्रिनपा–६ जलजले स्थित चुरियामाइ डाडाको ओरालोमा ब्रेक फल भई दुर्घटना भएको जानकारी दिए । ओरालोमा ब्रेक फेल हुँदा गाडी ३० मिटर तल झरेर दुर्घटना भएको प्रवक्ता चपागाईले बताए । दुर्घटनामा परी १९ जना यात्रु समेत घाईते भएकोउनले बताए ।
दुर्घटनामा परी हात भाचिएको दिपेन्द्रकुमार यादब र अन्य सामान्य घाईते भएकाहरुलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएको प्रहरीले जनाएको छ । विङ्गर चालक फरार रहेको र खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।
