
पूर्णपुष्टि,असार २५ । दुर्घटना न्यूनकिरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यका साथ कोशी प्रदेश अनर्तगत उदयपुर सहित अन्य १४ जिल्लाहरुमा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । सोमबार सदरमुकाम गाईघाटको बरुवा बकपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलको प्रमुख आतित्यतामा उक्त सप्ताह सम्पन्न भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफकि व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा गत मंगलवार देखि सञ्चान भएको सप्ताह कार्यक्रम आज एकै साथ १४वटै जिल्लाहरुमा सम्पन्न भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रहरी प्रमुख फुयलले जिल्लामा बढ्दो अवस्थामा रहेको सवारी दुर्घटना न्यूनकिरणका लागि सप्ताह कार्यक्रम प्रभावकारी रहेकोे बताए । गाईघाट बाजर जल्लिाकै व्यापारी केन्द्रको रुपमा परचिति भएकाले यस क्षेत्रमा आवत जातव गर्ने मानसिहरुको बढ्दो घुईचोले गर्दा ट्राफकि व्यवस्थापन समस्या देखएिको उनले बताए । उनले सडकमा गुड्ने साना तथा ठुला सवारीहरुको व्यवस्थापन गर्न उच्चीत पार्कीङको सुवधिा नभएकाले पछल्लिो समय लागुऔषध दुव्र्यसनी भन्दा सडक दुर्घटनाले गती लएिको जनाए । यो समस्यालाई समाधान गर्नको लागि सरोकारवाला, राजनैतिक दल, बुद्धजीबि र सचेत नागरिकहहरु एक हुनु पर्नेमा जोड दिए ।

यस्तै वडा नम्बर १३का अध्यक्ष नबिन कुमार चौधरीले सवाारी दुर्घटना प्रत्यक्ष रुपमा मानव जीवन संग जोडिएको हुँनाले कुनैै पनि सवारी चालकले सवारी दुर्घटनाको बारे आफु जानकार हुनुपर्ने बताए । भौगोलिक दृष्टिकोणलले जिल्लामा पार्किङको व्यवस्था नभएकाले सडक दुर्घटनाहरु बढ्दो रहेकोे जनाए । उनले भने ‘व्यवस्थित पार्किङ व्यवस्थापनको लागि आगामी वडाको कार्ययोजनामा समावेस गछौँ’ ।
ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले मदन भन्डारी राजमार्ग संचालन भएपछि तीब्र गतिमा सवारी चलाउने गतिविधि बढेको भन्दै त्यस्लाइ नियन्त्रण गर्न गतिमापक राडर गनको प्रयोग गरि नियमित चेकजाँच गरिने जानकारी दिनु भयो । साथै उहाँले नियमित रुपमा भइरहेको सवारी सचेतनामुलक कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले संचालन गरिने, ट्राफिक सप्ताहको अवसरमा शुरु भएको लापसे ९लागू पदार्थ सेवन०को परिक्षणलाई व्यापक बनाइने जानकारी दिनु भयो ।
