
पूर्णपुष्टि, फागुन ३
उदयपुरमा केहि समय अघि पक्राउ गरिएको १२१ केजी गाँजाका प्रमुख योजनाकारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सिराहाको लाहान बाट पक्राउ गरेको छ ।

अनुसन्धानको घेरामा रहेको गाँजा ओसार पसारका मुख्य योजनाकार सिराहको नन्कारकठ्ठी गाउँपालिका वडा नम्बर २ का ‘बिल्टु’ भनिने राम अवतारलाई प्रहरीले पक्राउ परेका हो ।
केहिदिन पहिल्य मात्रै उदयपुरको कटारीबाट ठुलो परिमाणमा १२१ केजी गाँजा सहित ताप्लीको एक जना पक्राउ परेका थिए । ताप्ली गाउँपालिका ३ घर भइ सिराहा धनगढीमाई नगरपालिका १० जिरोमाईल बस्ने ४१ बर्षिय सन्त बहादुर मगरलाई बुलेरो सहित प्रहरीले पहिल्यै पक्राउ गरिसकेको छ । स १ च ८०४ नं को बेलेरोमा अदुवाको बोरा भित्र लुकाएर ल्याएको गाँजा सद्धिचरण राजमार्ग बेतेनीबाट कटारी तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।
प्रहरीले गाँजा, बोलेरो र बोलेरो साहु मगरलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा अवतार मुख्य योजनाकार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
डिएसपी गौतमका अनुसार पक्राउ परेको मगरलाई अनुसन्धान गर्ने क्रममा गाँजा ओसार पसारमा राम अवतार प्रमुख योजनाकार भुमिका खेल्ने व्यक्ति ठहरीको हो ।
अवतारलाई प्रहरीले बिषेश सूचनाको आधारमा पक्राउ गर्न सफल भएको हो । उनलाई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको छ ।
