Thursday, May 21News That Matters

उदयपुरमा होली खेल्न निषेध

उदयपुर, फागुन २२ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नगर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै होली खेल्न निषेध गर्ने निर्णय गरेको हो ।

सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचना जारी गर्दै भिड भाड जम्मा भएर होली खेल्न निषेध गरेको हो । पूर्वस्वीकृति लिइएका कार्यक्रमहरुलाई पनि रद्द गर्न अनुरोध गरिएको छ ।

चीनको हुवानबाट सुरु भएका कोरोना भाईरसको नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ । यस अघि नै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ ।

कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भईहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको जनाइएको छ  ।