Tuesday, June 30News That Matters

उदयपुरमा १ फरार प्रतिबादी पक्राउ

पूर्णपुष्टि, फागुन २०

उदयपुरमा एक जना फरार प्रतिबादी पक्राउ परेको छ । हातहतियार खरखजना तथा गौबध मुद्दामा गत वर्ष पुस १० गतेबाट फरार रहेको बेलका नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय मिन्जु राई पक्राउ परेको हो ।

गतराती करिब ९ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटेको प्रहरी बिशेष  टोलिले फरार प्रतिबादी राईलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।