
पूर्णपुष्टि, जेष्ठ ६
कोरोना संक्रमण नियन्त्रण हुनुका साटो झन थपिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले फेरी निषेधाज्ञा थपेको छ । जिल्लामा संक्रमितको उच्च संख्या र मृत्युदर बढिरहेको भन्दै निषेधाज्ञा थप गरिएको हो ।
निषेधाज्ञा जेष्ठ १४ गते सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले बताउनुभयो । सबै जसो व्यक्ति र सबै समुदाय स्थरमा कोरोना संक्रमण फैलिएको हुँदा निषेधाज्ञा लम्व्याईएको सेडाईले बताउनुभयो ।
जिल्लामा दक्ष जनशक्ति, र स्वास्थ्य सामाग्रीहरुको चरम अभावका कारण आफै सुरक्षित भई कोरोना बाट बच्नु पर्ने भएकाले अत्यावश्यक काम बाहेको अन्य क्रियाकलापहरु बन्द गर्न निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।
हाल सम्म पनि जिल्लामा आईसियु, भेन्टीलेटर र जनशक्तिहरु प्रयाप्त नभएको अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा थप गरिएको सेडाईले बताउनुभयो ।
