Wednesday, June 17News That Matters

उदयपुरमा बालिका करणी आरोपमा अहेव पक्राउ

पूर्णपुष्टि,माघ २५ । उदयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक लाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सुखीपुरनगरपालिका १ घर भई त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा बस्दै आएका २६ वर्षिय अहेव राजीव कुमार यादव रहेका छन् ।

खोटाङकी अन्दाजी १४ वर्षिय बालिकालाई माघ २ गते दिउँसो त्रियुगा नगरपालिका ११ गाईघाट न्यूक्रिस होटल एण्ड लजमा जबरजस्ती करणी गरेको आरोपमा अहेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए । उदयपुरमा डेरा गरि कक्षा ८मा अध्यायन गर्दै गरेकी बालिकालाई ललाई फकाई गरी होटलमा लगि जबरजस्ती करणी गरेको बताएको छ । बालिका अहिले सेफ हाउसमा राखिएको छ र बालिकाको आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको डिएपी पोदारले बताए ।

यस्तै अहेव यादव सहित त्रियुगा नगरपालिका ३ पुल चौक बस्ने ४८ वर्षकी तिर्थमाया तामाङ, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ घर भई हाल त्रियुगा नपा ११ मा कोठा भाडामा बस्ने वर्ष १९ की करुणा सुन्या भन्ने सूचना राई पनि घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको छ । घटनामा चार जना संलग्न रहेको पनि एक जना फरार रहेको प्रहरी स्रोतले जनकारी दिइएको छ ।

प्रहरीले शनिवार यादवलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले गनाएको छ । आरोपीत यादव जिल्ला अस्पताल उदयपुरमा कार्यरत रहेको पुष्टि भएको छ ।