
पूर्णपुष्टि, साउन २८ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा उदयपुरका (एसपी) सहित १९ जना प्रहरीले रक्तदान गरेका छन् । आईतबार वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरद्धारा सञ्चालित ब्लड बैँक सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगी, कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाई सहित १९ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख योगीले मातहत प्रहरी कर्मचारीलाई रक्तदानको महत्त्व तथा आवश्यकताबारे प्रकाश पार्दै रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई धन्यवाद् ज्ञापन गरेका थिए ।
