Tuesday, June 2News That Matters

उदयपुरमा २१४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

पूर्णपुष्टि, माघ ६
उदयपुरमा २ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला ३ सय ३८ जनाको एन्टीजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा १ सय २४ जनाको नेगेटिभ र २ सय १४ जनाको रिपोट पोजेटिभ आएको होे । जिल्लामा हालसम्म ८० महिला र १ सय ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आठ पालिका मध्ये ४ नगरपालिकामा कोरोना संक्रमण देखिएको छ, भने ४ गाउँपालिका संक्रमण मुक्त रहेका छन् । जिल्लाको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकामा संक्रमण देखिएको छ, भने रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदपुरगढीमा संक्रमण संख्या शुन्य रहेको छ ।
त्रियुगामा २८ महिला र २४ पुरुष गरी ५२ जना, कटारीमा १२ महिला र २० पुरुष गरी ३२ जना, चौदण्डीगढीमा ५ महिला र ११ पुरुष गरी १६ जना, बेलकामा ९ महिला र १४ पुरुष गरी २३ जना र जिल्ला अस्पताल उदयपुरमा गरीएको परिक्षणमा २६ महिला र ६४ पुरुष गरी ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा कोरोना संक्रमणबाट त्रियुगा नगरपालिका बस्ने एक पुरुषको ज्यान गएको छ ।