
पूर्णपुष्टि, चैत्र १९ । उदयपुरमा लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ५ बस्ने २९ बर्षीय प्रेम बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कटारी–४ स्थित खानेपानी ट्याङ्की नजिक आहाले बाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २–०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको ३५.८५० किलोग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै अटो र चालक श्रेष्ठलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखेर आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
